कंचनपुरमा सुनका अवैध गरगहना सहित दुई जना पक्राउ

कंचनपुरमा सुनका अवैध गरगहना सहित दुई जना पक्राउ

असोज १०, कंचनपुर । कंचनपुरमा सुनका अवैध गरगहना सहित दुई जना पक्राउ परेका छ्न । जिल्लाको पुनर्बास नगरपालिका वडा नम्बर ११ डोकेबजार स्थित सिमा नाका क्षेत्रमा भारतबाट नेपालतर्फ सुनका अवैध गरगहना सहित आउँदै गरेका दुइना शनिबार साझ ५ बजे पक्राउ परेका हुन । सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रिय अनुसन्धान समुह (आरआईटि) र ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्ती कंचनपुर बाट खटिएको संयुक्त प्रहरीको टोलिले ती दुवैजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा जिल्ला डोटी के.आई. सिह गाउँपालिका वडा न. ०२ बस्ने  २२ वर्षीय को मोहन कामी र १९ वर्षीय सुनिल भुजेल रहेका छ्न । प्रहरीको टोलिले संकास्पदरुपमा उनिहरुलाई  चेकजाँच गर्दा उनिहरुबाट चार सय चालिस ग्राम छ सय तिस मिलिग्राम सुन बिभिन्न किसिमका तयारी गरगहनासहित फेला  पारेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । पक्राउ परेका मोहन कामी र सुनिल भुजेललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका  प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।