सत्याग्रही डा. केसी आफैं शौचालय जान सकेनन्

Dhangadhi Khabar    

सत्याग्रही डा. केसी आफैं शौचालय जान सकेनन्

काठमाडौं– सत्याग्रही डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। 

चिकित्सा शिक्षा सुधारको माग राखेर १४ दिनदेखि अनशनरत केसीलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्नसक्ने चिकित्सकले बताएका छन्।

‘राति उहाँ शौचालय जान पनि सक्नुभएन,’ डा केसीकी सहयोगी तोसिमा कार्कीले भनिन्, ‘उहाँको रक्तचाप कम भएको छ। छाती दुख्ने, शरीर दुख्ने समस्या बढेको छ। उहाँलाई जुनसुकै बेला आईसियूको आवश्यकता पर्न सक्छ।’ 

जुम्लामा अनशन सुरु गरेका केसीलाई केही दिनअघि काठमाडौं ल्याइएको हो। 



आइतबार ११, असोज २०७७ ०८:२२ मा प्रकाशित

#सत्याग्रही #स्वास्थ्य #चिकित्सा शिक्षा #डा. गोविन्द केसी
Loading...

प्रतिकृया दिनुहोस