विश्वभर कोरोना संक्रमणबाट ९ लाख ९८ हजार १ सय ७१ जनाको मृत्यु

विश्वभर कोरोना संक्रमणबाट ९ लाख ९८ हजार १ सय ७१ जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन ५ हजार १ सय ९२ जना संक्रमितले ज्यान गुमाएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ९८ हजार १ सय ७१ पुगेको छ ।

विश्वमा सबै भन्दा धेरै संक्रमितको मृत्यु अमेरिकामा भएको छ ।

अमेरिकामा एकैदिन ७ सय ३७ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुइ लाख ९ हजार १ सय ७७ पुगेको छ ।

त्यहाँ ७२ लाख ८७ हजार ५ सय २१ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै भारतमा एकैदिन ११ सय २३ जना संक्रमितको मृत्यु भएको छ र यसरी भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३३ पुगेको छ ।