प्रधानमन्त्री ओली र प्रचण्ड छलफलमा, मन्त्रिपरिषद् बैठक १२ बजे आह्वान

प्रधानमन्त्री ओली र प्रचण्ड छलफलमा, मन्त्रिपरिषद् बैठक १२ बजे आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक आह्वान गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् पुनर्गठनबारे बालुवाटारमा छलफल गरिरहेका प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

ओली र प्रचण्डबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनमा केन्द्रित रहेर छलफल चलिरहेको छ ।

उच्च श्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात, उर्जा जलश्रोत तथा सिंचाइ, उद्योग वाणिज्य तथा आपूर्ति र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमध्येबाट फुटाई मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अहिले बालुवाटारमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ । 

उनीहरुबीच एकसाता यता लगातार मन्त्रिपरिषदमा केन्द्रित रहेर छलफल हुँदै आएको छ ।