कोरोना महामारीमा पनि रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढ्यो, साउनमा ९२.७१ अर्ब भित्रियो

कोरोना महामारीमा पनि रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढ्यो, साउनमा ९२.७१ अर्ब भित्रियो

काठमाडौं : कोरोना भाइरसको महामारीका बीच पनि चालु आर्थिक बर्षको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको छ । कोरोना भाइरसले श्रम गन्तव्य मुलुक सहित बिभिन्न देशमा देखिएको आर्थिक संकटका कारण नेपालमा विप्रेषण आप्रवाह घट्ने अनुमान गरिएको थियो । तर, साउनमा उच्च मात्रामा विप्रेषण आप्रवाह बढेको छ । 


नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकअनुसार साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । 
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २।० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४।५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।