विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ । 

कोरोना भाइरसको संक्रमणबाट विश्वमा प्रतिकुल असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

 यो समाचार तयार पार्दासम्म विश्वमा ३ करोड ३२ लाख ९७ हजार ५ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० लाख २ हजार १ सय ३७ जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका २ करोड ४६ लाख २१ हजार १ सय ७० संक्रमित निको भएका छन् । यसैगरी विश्वमा सबैभन्दा बढी संक्रमण देखिने तथा प्रभावित बनेको राष्ट्र अमेरिका हो । हालसम्म ७३ लाख २० हजार ६ सय ६९ जनामा कोरोनाले संक्रमण गराएको छ । २ लाख ९ हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

 यस्तै ४५ लाख ५१ हजार ३ सय २१  संक्रमित निको भएका छन् ।