४ जना एसिडपीडितले पाए रोजगारी

४ जना एसिडपीडितले पाए रोजगारी

एसिड आक्रमणमा परेका ४ जनाले रोजगारी पाएका छन् । तीन जनाले कुमारी बैंक र अर्का एकले महान्यायाधिवक्ताको कार्यालयमा चालकका रूपमा रोजगारी पाएका हुन् ।

आजके कान्तिपुर दैनिक लेख्छ–कुमारी बैंकले एसिडपीडित दुई युवतीलाई उपत्यका र एक जनालाई हेटौंडास्थित शाखामा ‘मार्केटिङ म्यानेजर’ का रूपमा आइतबार नियुक्त गरेको हो । रोजगारी पाउनेमा हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगर छन् । यस्तै, श्रीमतीबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई महान्यायाधिवक्ता अग्नि खरेलले असोज १ बाट पारिश्रमिक गणना हुने गरी करारमा चालक नियुक्त गरेका छन् ।
बैंकले तीनै जना युवतीलाई सुरुमा १ महिनाका लागि करारमा भर्ना गरेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने बैंकले जनाएको छ ।