‘कौन बनेगा करोडपती’को १२‌औं श्रृंखला सुरु, के-के नियम फेरिए ?

‘कौन बनेगा करोडपती’को १२‌औं श्रृंखला सुरु, के-के नियम फेरिए ?

लोकप्रिय कार्यक्रम तथा खेल ‘कौन बनेगा करोडपती’को १२ औँ श्रृंखला यही सोमबार सुरु हुँदैछ ।अभिनेता अमिताभ बच्चन पहिलो एपिसोडको अन्तिम तयारीमा रहेको बताएका छन् । जुन भारतीय समय अनुसार सोमबार राति ९ बजेदेखि शुक्रबारसम्म सोनी टिभीबाट प्रशारण हुँदैछ ।

सोनी टिभीको इन्स्टाग्राम ह्याण्डलबाट उक्त कार्यक्रमको घोषणा गर्दै यसबारे सूचना सार्वजनिक गरिएको छ । ‘आदर, अभिवादन र धन्यवाद १ ह्यासट्याग केबीसी १२ सुरु हुँदैछ, आज रात ९ बजेदेखि, मात्र सोनी टिभीमा,’ इन्स्टाग्राममा लेखिएको छ ।

‘कौन बनेगा करोडपती’ सोनी टिभी च्यानल, सोनी लाईभ एप वा सोनीलिभ डट कममा हेर्न सकिने बताइएको छ । कोरोनाभाइरस महामारीका कारण यो खेलका नियम पनि केही हेरफेर गरिएको बताइएको छ ।

‘कौन बनेगा करोडपती’को इतिहासमा पहिलो पटक यस खेलका दर्शकलाई लाइभ उपस्थित भएर हेर्न मिल्दैन । यसको विकल्पको रुपमा ‘भिडियो–अ–फ्रेन्ड’लाई प्रयोगमा ल्याइएको छ । साथै अभिनेता अमिताभ बच्चनले पनि दर्शकविना नै सुटिङ गरिएको जनाए ।

बच्चनले केही दिनपछि पहिलो एपिसोडको सुटिङको क्रममा खिचिएका तस्बिर सार्वजनिक गर्ने भएका छन् ।