कोरोनाबारे वैज्ञानिकको डरलाग्दो चेतावनी, कोरोनाको तेश्रो लहर आउने

कोरोनाबारे वैज्ञानिकको डरलाग्दो चेतावनी, कोरोनाको तेश्रो लहर आउने

कोरोना भाइरसको महामारी अहिले साार विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ । यसैबीच कोरोना भाइरस एक्सपर्टले महामारीको तेश्रो लहर समेत आउने भन्दै चेतावनी दिएका छन् । कोरोना संक्रमितको संख्या बढीरहेको बेला वैज्ञानिकहरुले यस्तो डरलाग्दो चेतावनी दिएका हुन् ।

बेलायतको एडिनवर्ग विश्वविद्यालयमा संक्रामक रोगका प्रोफेसर मार्क वूलहाउसले कोरोनाको तेश्रो लहर आउने बताएका हुन् । लकडाउनबाट कोरोना नसकिने भन्दै उनले यो समस्या अब झनै जटिल बन्दै गएको बताए । बेलायतमा पनि कोरोना संक्रमितको संख्या पछिल्लो समय बढीरहेको समेत उनले जानकारी दिएका छन् । यो महामारी रोक्नको लागि कडा नियम बनाउन उनले आग्रह गरेका छन् ।

उनले अबको ६ वा १२ महिना भित्रमा भ्याक्सीन बनेन भने वैकल्पिक बाटो खोज्नुपर्ने समेत बताएका छन् । बेलायतमा ४ लाख ३४ हजार भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ४१ हजार भन्दा धेरैको मृत्यु भएको छ ।