कंचनपुरको कृष्णपुरमा भरुवा बन्दुक सहित दुईजना पक्राउ

कंचनपुरको कृष्णपुरमा भरुवा बन्दुक सहित दुईजना पक्राउ

असोज १२,कंचनपुर। कंचनपुरमा भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छ्न । जिल्लाको कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने मान बहादुर बिष्टका २४ वर्षीय  छोरा लाल बहादुर बिष्टले शनिबार राति आफ्नै घरमा भरुवा बन्दुक देखाएर डरत्रास एवं आतङ्क सिर्जना गरेको खुलेको छ । कंचनपुर प्रहरीलाई आएको बिशेष सुचनाका आधारमा प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलिले खोजीकार्य गरेको थियो ।लाल बहादुर बिष्टलाई पक्राउ गरी सोधपुछ गर्दा कृष्णपुर १ दोमिल्लामै बस्ने २५ वर्षीय कमल थापाको गोठभित्र लुकाईराखेको भन्ने बयान दिएपछी उक्त स्थानमा गई चेकजाँच गर्दा १-थान लोड गरेको भरुवा बन्दुक फेला पारेको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । दुवैजना लाल बहादुर बिष्ट र कमल थापालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको समेत प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छ्न ।