कोरोना भ्याक्सीन बनाउनको लागि समुन्द्री शार्कको शिकार तीव्र, लोप हुनसक्ने खतरा !

कोरोना भ्याक्सीन बनाउनको लागि समुन्द्री शार्कको शिकार तीव्र, लोप हुनसक्ने खतरा !

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

यसैबीच कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउनका लागि विश्वमा समुन्द्री शार्क मार्न लागिएको भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सीनका लागि संसारमा धेरै शार्क मारिन सक्ने र लोप हुन सक्ने भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका हुन् ।

शार्कको भित्र एक प्राकृतिक तेल हुने र त्यो तेल भ्याक्सीनको लागि प्रयोगमा आउने भएकोले शार्क मार्न लागिएको बताइएको छ ।

यसका लागि संसारमा २ लाख ४० हजार शार्क मर्न सक्ने बताइएको छ ।