बोक्सीको अाराेपमा निर्घाट कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद

बोक्सीको अाराेपमा निर्घाट कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष कैद

दिनेश ठकुल्ला
धनगढी, १८ जेठ ।

कैलालीको घोडाघोडी नगरपालिका, ५ देउकलियाकी राधा चौधरीमाथि बोक्सिको आरोपमा निर्घात कुटपिट गर्ने भोलेवावा भनिने राम बहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाईएको छ ।

राधालाई बोक्सिको आरोपमा निर्घात कुटपिट गरेको भन्दै  दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले राम बहादुरलाई पाँच वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला सुनाएको अदालतका श्रेष्तेदार ईन्द्र कठायतले जनाकारी दिए ।

यस्तै, जिल्ला न्यायधीश  पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने फैसला सुनाएको कठायतले बताए । 

भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने अदालतले सफाई दिएको छ ।

भोलेबाबालाई सहयोग रहेको भन्दै पक्राउ परेका सोही ठाउँकै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई अदालतले सफाई दिएको हो ।

गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसकै दिन बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो । उक्त घटनाको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै विरोध भएको थियो । 

बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जना विरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो ।