नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

नेपालको ९० प्रतिशत जनसंख्यालाई पुग्ने कोरोनाविरुद्धको रुसी भ्याक्सिन ल्याउने सम्झौता

काठमाडौं। विश्वको पहिलो कोभिड-१९ भ्याक्सिन नेपालमा आउने बाटो खुलेको छ । रुसी भ्याक्सिन स्पुतनिक-भी २ करोड ५० लाख डज दिन भ्याक्सिन निमार्ता कम्पनि सहमत भएपछि बाटो खुलेको हो ।

स्पुतनिक-भीले प्रेस विज्ञप्तिमार्फत् दी रसियन डाइरेक्ट इन्भेष्टमेन्ट फन्ड, रसियाज सोभरेन वेल्थ फन्ड र नेपालको औषधि वितरक कम्पनि ट्रिनिटी फार्मासिटिकल्सबीच भ्याक्सिन आपूर्ति गर्ने सम्झौता भएको जनाएको छ । यो सम्झौतासँगै नेपालको ९० प्रतिशत जनसंख्यामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहुँच पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

रुसी भ्याक्सिनलाई विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले मान्यता भने दिइसकेको छैन । डब्लुएचओले यसको प्रभावकारिता र सुरक्षाको सुनिश्चितता भएपछि मात्र मान्यता दिने स्पष्ट पारेको छ । तर, ५० भन्दा बढी मुलुकहरुले रुसी भ्याक्सिन प्रयोग गर्ने तत्तपरता देखाएका छन् ।

रुसको गेमेलियाद्वारा विकास गरिएको भ्याक्सिन रुसमा प्रयोगमा ल्याइँदैछ । रुसले उक्त भ्याक्सिनको दोस्रो चरणको परीक्षणपछि तेस्रो चरणको परीक्षण हुँदै गर्दा ११ अगष्टमा दर्ता अनुमति दिएको थियो ।

पहिलो र दोस्रो चरणको परीक्षणपछि भ्याक्सिन प्रभावकारी र उपयोगी भएको रिसर्च पेपरमा ४ सेप्टेम्बरमा तथ्य प्रकाशित गरिएको थियो । द लान्सेट नामको जर्नलले यसबारे वृस्तृत जानकारी दिएको थियो ।