कोरोना संक्रमण बाट थप एक जनाको मृत्यु

कोरोना संक्रमण  बाट थप एक जनाको मृत्यु

काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना कोभिड १९ सङ्क्रमितको मृत्यु भएको हो ।

भदौ ४ गते अस्पताल भर्ना भएका मोरङको जहदा गाउँपालिका वडा नम्बर – ६ का ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । ८ दिनदेखि भेन्टिलेटर उपचार गरिरहेको अवस्थामा उनको आज  बिहान ४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

अस्पतालका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो ।

कोरोना जाँचका क्रममा रिपोर्ट पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका थिए। होम आइसोलेसनमा बस्दा श्वास फेर्न गा-हो भएका कारण उनलाई अस्पताल लगिएको थियो ।