ज्ञानको कमीका कारण बालिका भन्दा बालकमा कुपोषण बढी

ज्ञानको कमीका कारण बालिका भन्दा बालकमा कुपोषण बढी

धनगढी : सुत्केरी अवस्थामा मुख बार्ने चलनले बालबालिकाहरु कडा खालको कुपोषणबाट ग्रसित बनिरहेका छन् । पोषण सम्बन्धी ज्ञानको अभावमा बालबालिकाहरु कुपोषित भइरहेका हुन् । 

बच्चाको पोषण आमाको दूधबाट शुरु हुने हुने हुँदा परम्परागत मान्यताका कारण सुत्केरी अवस्थामा पोषणयुक्त खानेकुरा खानुको साटो मुख बार्ने चलनले बालबालिकामा कुपोषण बढेको देखिएको छ । 

सेती अञ्चल अस्पतालमा रहेको पोषण पुनस्र्थापना केन्द्रमा भर्ना भएका बालबालिकाको अवस्था हेर्दा अभिभावकमा ज्ञानको कमी संगै जानेर पनि नगर्ने प्रबृतिले बालबालिकामा कुपोषण बढाएको देखिन्छ । 
केन्द्रमा चालू आर्थिक बर्षको चार महिनामा ४४ जना बालिबालिका उपचारका लागि भर्ना भएका छन् । उनीहरुलाई कम्तीमा १५ दिन र बढीमा ४० दिन सम्म शिबिरमा राखेर पोषण दिइएको केन्द्रका प्रबन्धक गिता बिष्टले बताईन्। 

गत आर्थिक बर्षमा १ सय ४५ जना बालबालिकालाई शिबिरमा राखेर उपचार गरेको केन्द्रले ती मध्ये २३ बालबालिका ६ महिना भन्दा बम उमेरका रहेको जानकारी दिएको छ । बाँकी १ सय २२ जना ६ महिना देखि ५ बर्ष सम्मका रहेका थिए। 

कुपोषित भइ उपचारका लागि केन्द्रमा भर्ना भएका बालबालिका मध्ये ५५ प्रतिशत पुरुष रहेका छन् । छोरा जन्मेपछि आमाको मुख बार्ने चलनका कारण कुपोषित हुनेमा बालिका भन्दा बालक बढी रहेका छन् ।

आमाको मुख बारेपछित बच्चाले आमाबाटै पोषण पाउने भएका कारण बालिका भन्दा बालक बढी कुपोषित भएको विष्टले बताईन्।केन्द्रमा उपचारका लागि आउने बालिकामा नौ वटै जिल्लाका रहे पनि बढी संख्या कैलाली र कञ्चनपुरबाट आउनेको रहेको छ ।