सरकार असफल भईसक्यो, राजा बिना देश अभिभावक बिहिन बन्यो : राप्रपा अध्यक्ष थापा

सरकार असफल भईसक्यो, राजा बिना देश अभिभावक बिहिन बन्यो  :  राप्रपा अध्यक्ष थापा

धनगढी : राष्ट्रबादको नारा बोकेर निर्वाचनमा गएको कम्युनिस्ट पार्टी सरकारमा गएपछि लम्पसारबाद बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ । सरकारले शुरुवाती चरणमा लोकप्रिय बन्नका लागी बिभिन्न निर्णय गरेपनि दलाल र भ्रस्टाचारको इसारामा चल्दा सो निर्णय कार्यान्वयन गर्न असफल भएको उहाको भनाई थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश ७ स्तरिय प्रशिक्षण कार्यक्रममा आईतवार बोल्दै अध्यक्ष थापाले ३३ किलो सुनकाण्डका अपराधी पक्राउ गर्न असफल, ठेकेदारलाई कार्वाही गर्ने निर्णय निर्णयमै सिमित हुनु, यातायातमा सिण्डिकेटको अन्त्य गर्ने लगायत सरकारले गरेका निर्णय कार्यान्वयन नहुँदा सरकार असफल भएको संकेत देखिएको बताउनुभयो । 

जनताले राष्ट्रबादी शक्ती भनेर कम्युनिस्ट पार्टीलाई दुई तिहाइका साथ बिजयी गराएपनि सरकारका शुरुवाती कामबाटै जनता निराश बनेको उहाको भनाई छ । कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तका हत्यारा जोगाउन सरकारले बिभिन्न नाटक देखाइरहेको भन्दै उहाले सरकारमै रहेका व्यक्तीको संलग्नताका कारण हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले नेपाली कागं्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीकोे एउटै एजेण्डा भएपनि पछिल्लो अवस्थामा कागं्रेसले प्रजातन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र सहितको राजसंस्था खोजेकाले फरक मत रहेको स्पस्ट पार्नुभयो । राजसंस्थाकै अधिनमा रही कागं्रेसलेपनि कयौँ बर्ष सरकार चलाएपनि कम्युनिस्टले ल्याएको बिदेशी ऐजेण्डाकै पछि कांग्रेसपनि लाग्दा कागं्रेस राजसंस्था बिरोधी बनेको उहाले बताउनुभयो । आफ्नो शिद्धान्तमा अडिक रहने एकमात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको दावी गर्दै उहाले कागं्रेस पार्टीको अन्त्य भइसकेको र ५ बर्षभित्र कम्युनिष्टको समेत अन्त्य हुने बताउनुभयो । 
जनतामा राजसंस्थाप्रतिको माया पलाइरहेको बताउँदै अध्यक्ष थापाले अब प्रजातान्त्रीक राजसंस्था सहित ५ बर्षभित्रै राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा आउने दावी गर्नुभयो । १२ बर्ष राजा बिहिन देशको अवस्था जनताले देखिसकेकाले राजा बिना देश अबिभावक बिहिन बनेको उहाको भनाई छ । 

पशुपति समशेर राणा र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपासगपनि एकता प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहाँले दुई पार्टी एक भएर जनतासामु जाने र अबको निर्वाचनमा राष्टिय« प्रजातन्त्र पार्टी पहिलो पार्टी बन्ने समेतदावी गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङ्देनले देश र जनताको रक्षाका साथै नेपाललाई हिन्दु राष्ट्र बनाई विश्वमा नाम चिनाउन चाहाने एकमात्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी गर्नुभयो । पुराना गल्तीलाई सच्याएर आफ्ना एजेण्डामा अडिक हुने र जनताले चाहे अनुसारको राजसंस्था सहितको प्रजातान्त्रीक सरकार निर्माण हुने उहाले बताउनुभयो ।