जिल्ला अदालतबाट कैद तोकिएका दुई फरार प्रतिवादी पक्राउ

जिल्ला अदालतबाट कैद तोकिएका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा बलात्कार मुद्दामा कैद तोकिएका दुई फरार प्रतिवादी बुधबार पक्राउ परेका छ्न ।

जबरजस्ति करणी मुद्धामा कञ्चनपुर जिल्ला अदालतबाट  २ बर्ष  ६ महिना कैद  फैसला तोकिएका  बेलौरी नगरपालिका २ बस्ने २७ वर्षीय ज्ञान सिंह राना २०७३/०४/२३ गते देखी फरार रहेका  थिए भने जबरजस्ति करणी मुद्धामै ६ बर्ष कैद फैसला तोकिएका  पुर्नवास नगरपालिका ३ बस्ने ३७ वर्षीय जोगी धामी २०५९/०२/२५ गते देखी  फरार रहेका थिए।

फरार रहेका दुवै प्रतिवादीहरुलाई कञ्चनपुर प्रहरी  कार्यालयको मातहतबाट खटिएको प्रहरी टोलिले बुधबार आ-आफ्नै घरमा लुकीछिपि बसिरहेको अबस्थामा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक एवं कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापाले बताएका छ्न । दुवैजनालाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएपछि  अदालतबाट कैद भुक्तानका लागी कारागार चलान गरीएको समेत प्रहरी प्रवक्ता थापाले बताए ।