नेपाली ग्राहक बिना दैनिक घर खर्च चालाउन मुश्किल परेको भन्दै बैतडी पारि झुलाघाटमा भारतीय व्यापारी आन्दोलीत

नेपाली ग्राहक बिना दैनिक घर खर्च चालाउन मुश्किल परेको भन्दै बैतडी पारि झुलाघाटमा भारतीय व्यापारी आन्दोलीत

बैतडी। कोरोनाका कारण नेपाल भारत जोड्ने झुलाघाट पुल सात महिनादेखि बन्द छ । झुलाघाट पारि भारतीय क्षेत्रमा रहेका २०० करिब भारतीय व्यापारी नेपाली ग्राहक रोकिएपछि बैंकको व्याज र दैनिक घर खर्च चाउन समेत मुश्किल परेपछि सडकमा निस्केर अनिश्चितकालीन अनशनमा बसेका हुन । भारतीय व्यापारिले झुलाघाट पुल खोलेर नेपालीलाई भारत आउनु दिनुपर्ने यात बैंकको ऋण मिनाहा गर्नु पर्ने माग राख्दै व्यापार संघ झुलाघाटका अध्यक्ष जगदीश जोशीको नेतृत्वमा झुलाघाटका व्यापारि आन्दोलित बनेको भारतीय पत्रकार  सुरेन्द्र आर्यले बताउनुभयो ।

झुलाघाटमा रहेका दुईसय वटा पसले मध्ये अधिकांशले बैंकको लाखौं ऋण तिर्न सकेका छैनन् । कोरोनाका कारण झुलाघाट पुल बन्द हुँदा नेपाली ग्राहक रोकिएपछि भारतीय व्यापारि घर न घाटको बन्न पुगेका छन् । झुलाघाट पुल खोल्नु पर्ने माग राख्दै व्यापारिले भारतीय नेताहरुको पुत्लासमेत जलाएका छन् ।
विहीबार  आन्दोलकारीसँग बार्ता गर्न झुलाघाट आईपुग्नु भएका तहसीलदार पंकज चंमदोला र राजस्व उप निरीक्षक गोपालसिंह डिनियाले आन्दोलन स्थगित गर्न आग्रह गरे पनि व्यापारिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । भारतीय अधिकारीहरुको आन्दोलनकारीले कुरै नसुनेपछि उहाँहरु पिथौरागढ फिर्ता भएको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताउनुभयो ।
विहीबार  आन्दोलकारीसँग बार्ता गर्न झुलाघाट आईपुग्नु भएका तहसीलदार पंकज चंमदोलाले भूपू भारतीय सैनिकका रुपमा पेन्सन पाउँदै आएका नेपालीका लागि तीन दिन झुलाघाट पुल खोल्ने जानकारी गराएपछि पेन्सनका लागि मात्र झुलाघाट पुल खोल्न नदिने व्यापारिले चेतावनी दिएका छन् । व्यारिहरुले पिथौरागढ जिल्ला अधिकारीलाई पत्रनै लेखेर पेन्सन बुझ्न मात्र नेपालीका लागि तीन दिन गेट खोल्न नदिने चेतावनी दिएका हुन् ।