अछामको ढकारी गाउपालिकाद्धारा नेकपाको जन अदालतमा कारोना खर्च विवरण प्रस्तुत

अछामको ढकारी गाउपालिकाद्धारा नेकपाको जन अदालतमा कारोना खर्च विवरण प्रस्तुत

अछाम । अछामको ढकारी गाउपालिकाले नेकपाको जन अदालतमा कारोना खर्च विवरण प्रस्तुत गरेको छ । नेकपाको जन अदालतले ५ दिन भित्र खर्चको बारे जवाफ दिन भनी जिल्ला जनअदालतले गाउँपालिका कार्यलयको नाममा आदेश जारी गरेको थियो।

सोही अनुसार गाउँपालिकाले कोरोना भाइरसको महामारिको बेला करिव  १ करोड ४८ लाख रुपैयाँ खर्च गरेको विसयलाइ लियर नेकपा अछाम को जिल्ला जनअदालत कार्यालय अछाममा व्यापक जनगुनासो आएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वलिलाई जन अदालतमा उपस्थित गराइ आवश्यक सोधपुछ गरेको हो ।

जिल्लाका सम्पुर्ण स्थानीय तहको कोरोना नियन्त्रका लागी गरेको खर्च लगात अन्य विभिन्न शिर्षमा व्यापक जनगुनासो आइरहेकोले जनअदालतले जुनसुकै बेला पनि जनकारबाहीको दायरामा ल्याउन बाध्य हुने जनाएको छ ।