कोरोनालाई लिएर जर्मन चान्सलर एन्जेला मर्केलले दिइन् गम्भीर चेतावनी !

कोरोनालाई लिएर जर्मन चान्सलर एन्जेला मर्केलले दिइन् गम्भीर चेतावनी !

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोनाको खतरा कम भईरहे पनि संक्रमणको केस दिनदिनै बढीरहेको छ । यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले कोरोनालाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।

उनले जाडोको मौसमका बेला कोरोना संक्रमणको खतरा बढ्ने भन्दै सतर्क रहन चेतावनी दिएकी छन् । उनले संसदमा उनले भनिन्, ‘यस बेला सबै दाउमा लागेको छ, र जाडो मौसम आउनासाथ कोरोना संक्रमणको खतरा झनै बढ्नेछ ।’

उनले हरेक दिन जाडो मौसममा करिव १९ हजार २०० जति मामिला देखिने बताएकी छन् । अहिले जर्मनीमा हरेक दिन २ हजार नयाँ केस देखिईरहेका छन् । अहिलेसम्म जर्मनमा ९ हजार ५८६ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ५३० जनालाई संक्रमण भएको छ ।