भोकालाई जसरी यो अनाज प्यारो लाग्छ

भोकालाई जसरी यो अनाज प्यारो लाग्छ

भोकालाई जसरी यो अनाज प्यारो लाग्छ।
त्यसरी महाराजलाई युवराज प्यारो लाग्छ।

कुमारले कर्म गरे तर गणेशले विजयी भए,
सायद सबैलाई चाकडी बाज प्यारो लाग्छ।

काम गर्दा दु:ख हुन्छ प्राय: चाहदैन मान्छे,
खान पाइयोस काम न काज प्यारो लाग्छ।

पुजीवादको चाहनाले समाजवाद भेट्टिदैन,
त्यहीँ भएर हो सम्पत्ति आज प्यारो लाग्छ।

सत्ता मोहको सामु आदर्शहरू शुलीमा चढे,
तिमीलाई चढेको शीरमा ताज प्यारो लाग्छ।