संसारका यी ठूला नेता जो पनि सकेनन् कोरोना संक्रमण बाट बाँच्न !

संसारका यी ठूला नेता जो पनि सकेनन् कोरोना संक्रमण बाट बाँच्न !

काठमाडौं। संसारका अन्य ठूला नेतालाई कोरोना भाइरस संक्रमण हुँदा खासै समाचारहरुमा स्थान पाएको देखिँदैनथ्यो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा जब कोरोना पोजिटिभ भेटियो तब अधिकांश मिडिया मुख्य समाचार बनाउन लालायित हुन पुगे।

यसमा दुई वटा कारणले मुख्य भूमिका खेलेको देखिन्छ। पहिलो, अमेरिकामा राष्ट्रपति निर्वाचन संघारैमा आइसकेको छ र कोरोना प्रभावित ट्रम्प पनि उम्मेदवार छन्। दोस्रो, विगतका दिनमा ट्रम्पले कोरोना संक्रमणलाई कहिल्यै महत्व दिएनन्। उनले लामो समयसम्म त मास्कको विरोध गरिरहे। यही कारण जब उनमा कोरोना पोजिटिभ पाइयो, तब समाचारहरु ओइरिन थाले।

कोरोना भाइरसको जिवाणुले जोकसैको शरीरमा प्रवेश गर्न सक्छ। मानव शरीरमा प्रवेशका लागि त्यस विषाणुले मौका खोजेर बसिरहेको हुन्छ। मौकाको प्रतीक्षामा रहेको जिवाणु अहिले ट्रम्प र उनी पत्नी मेलानियामाथि हमला गरिहाल्यो। त्यसकारण पनि यो भाइरसबारे खेलाँची जति बढी हुन पुग्यो, यसको संक्रमण उति नै धेरै हुन्छ भन्ने कुरा अब कसैले बुझाइरहनु पर्ने विषय रहेन।

संसारभर कोरोनाले आफ्नो पँखेटा फिँजाइसकेको छ। के लोकप्रिय कलाकार, के राजनेता, व्यापार, लेखक सबैलाई यसले आफ्नो पञ्जामा पार्दै आएको छ। केही व्यक्तिको त यसले ज्यानै समेत लिइसकेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प ७४ वर्षका भए। भाइरसले ज्येष्ठ नागरिक र अन्य रोगबाट ग्रस्त मानिसलाई बढी असर गर्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ। उता, ट्रम्पलाई पोजिटिभ देखिएपछि प्रतिद्वन्द्वी जो बाइडेनले पनि परीक्षण गराउँदा उनमा भने नेगेटिभ देखिएको समाचारहरुमा बताइएको छ।

यसअघि पनि कतिपय देशका शीर्ष नेताहरुमा कोरोना पोजिटिभ देखिइसकेको छ। बेलायका प्रधानमन्त्री बोरिस जोन्सन पहिलो नेता हुन्, जसलाई अप्रिल महिनामै संक्रमित पाइएको थियो। उनी अस्पताल भर्ना भए, आईसीयूमा राखेर उनको उपचार गरियो। उनलाई अक्सिजन दिनुपरेको थियो। केही समयपछि उनी ठीक भए।

ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोलाई कोरोना भएको जुलाईमा घोषणा गरियो। त्यसबखत मलेरियाको औषधि हाइड्रोक्लोरोक्विनले कोरोना ठीक पार्ने कुरा खुबै चर्चामा थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यसको चर्चा गरेका थिए। बोलसोनारोले त्यही औषधि सेवन गरेका थिए। यो औषधिले कोरोना ठीक गर्ने कुरामा विश्व स्वास्थ्य संगठनले विरोध गरेको थियो।

होन्डुरसका राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई जुनमा संक्रमण भएको थियो। उनकी पत्नी र निकट रहेर काम गर्ने अन्य दुई जनामा पोजिटिभ भेटिएको थियो।

ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो गियामाटेईलाई पनि भाइरसले छाडेन। सेप्टेम्बरमा उनलाई पोजिटिभ पाइयो। उनले आफूमा कुनै लक्षण नदेखिएको, जिउ दुख्ने र सामान्य रुघामात्रै लागेको बताएका थिए।

बोलिभियाकी अन्तरिम राष्ट्रपति जिनिन अनेजले पनि कोरोनाको अनुभव भोग्नुपर्‍यो। उनले निकै चाँडो संक्रमणलाई जितेकी थिइन्।

डोमिनिकन गणराज्यका नवनिर्वाचित राष्ट्रपति लुइस एबिन्डरलाई चुनावी प्रचारकै क्रममा संक्रमणले भेटेको थियो। उनी जुलाईमा देशमा सम्पन्न निर्वाचनको केही साताअघि आइसोलेसनमा बसेका थिए।

इरानमा उपराष्ट्रपति इशाक जहाँगिरी९प्रथम० र मासुमेह इब्तेकार नै संक्रमित भएका थिए। थुप्रै क्याबिनेट मन्त्रीलाई पनि संक्रमणले छोएको थियो। त्यस देशका अन्य शीर्ष अधिकारी पनि संक्रमित भएका थिए।

छिमेकी भारतमा पनि पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पोजिटिभ पाइएको थियो। उनी अन्य रोगहरुबाट पनि पीडित थिए। उनको गत अगस्ट ३१ का दिन निधन भयो।

भारतका गृहमन्त्री अमित शाह, शिवराज चौहान, निलोफर काफिललागयत अन्य थुप्रै शीर्ष नेतामा पनि यो विषाणुले आक्रमण गरेको थियो। (एजेन्सीहरुको सहयोगमा देखापढी बाट)