धोनी बने सर्वाधिक आइपिएल खेल्ने खेलाडी

धोनी बने सर्वाधिक आइपिएल खेल्ने खेलाडी

एजेन्सी– चेन्नई सुपर किंग्सका कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

धोनीले चेन्नई सुपर किंग्सका ब्याट्सम्यान सुरेश रैनालाई पछि पर्दै शुक्रबार सनराइजर्स हैदराबादबिरुद्ध यस उपलब्धी हात पारेका हुन् । धोनीले आइपिएलमा कुल १ सय ९४ खेल खेलेका छन् । रैनाले १ सय ९३ खेल खेलेका छन् । रैना जारी सिजन पारिवारिक कारण नखेलेपछि धोनी सर्वाधिक खेल खेल्ने खेलाडी बनेका हुन् ।

धोनीले चेन्नईबाट ११ संस्करण कप्तानको रुपमा खेले । सन् २०१६ र २०१७ मा चेन्नई प्रतिबन्धमा परेपछि धोनीले राइजिङ पुणे सुपरजाइन्टबाट खेलेका थिए । धोनीले १ सय ६४ खेल चेन्नई र ३० खेले सुपरजाइन्टबाट खेलेका हुन् । सन् २००७ मा भारतलाई टि२० विश्वकप उपाधि जिताएका धोनी चेन्नईको पहिलो संस्करण देखिनै कप्तानी गर्दै गर्दै आएका छन् ।

धोनीले आफ्नो कप्तानीमा चेन्नईलाई तीन पटक उपाधि जिताएका छन् भने हालसम्म लिग चरणबाट बाहिरिनु परेको छैन । धोनीले १ सय ९४ खेलमा ४ हजार ५ सय २३ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रर्दशन ८४ रनमा अविजित छ । आइपिएलमा धोनीले प्रया: ७ नम्बरमा बढी ब्याटिङ गर्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

आइपिएल सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी रैनाले ५ हजार ३ सय ६८ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन एक सय रन अविजित छ । तेस्रो स्थानमा रहेका मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले कुल १ सय ९२ खेल खेलेका छन् । रोहितले चार पटक आइपिएल उपाधि जितेका छन् ।

रोहितले आइपिएलमा ५ हजार ६८ रन बनाई सकेका छन् । १ सय रनमा अविजित उनको उच्च प्रर्दशन हो । कोलकाता कप्तान दिनेश कार्तिक १ सय ८५ खेल खेलेका छन् । दिनेशले ३ हजार ६ सय ८५ रन बनाएका छन् । उच्च प्रर्दशन ९७ रनमा अविजित छ ।

विराट कोहली र रोविन उथप्पाले समान १ सय ८० खेल खेलेका छन् । हालसम्म उपाधि जित्न नसकेका कोहली आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । कोहलीले ५ हजार ४ सय ३० रन बनाई सकेका छन् । पाँच शतक प्रहार गरेका कोहलीको उच्च प्रर्दशन १ सय १३ रन हो ।

उथप्पाले ४ हजार ४ सय २७ रन बनाएका छन् । उच्च प्रर्दशन ८७ रन छ । रविन्द्र जडेजा र युसुफ पठानले समान १ सय ७४ रन खेले खेलेका छन् । शिखर धवनले १ सय ६२ र पियुष चवलाले १ सय ६१ खेल खेलेका छन् ।