नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु बनाउन माग गर्दै तौलिहवामा अनशन

नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु बनाउन माग गर्दै तौलिहवामा अनशन

कपिलवस्तु । प्रदेश नं. ५ को स्थायी राजधानी कपिलवस्तु बनाउन माग गर्दै रिले अनशन सुरु गरिएको छ ।

बुद्धकालीन महत्व बोकेको सिद्धार्थ गौतमका बाबु शुद्धोधनको ऐतिहासिक राजधानी रहेको स्थान कपिलवस्तुलाई राजधानी बनाउनु पर्ने भन्दै सदरमुकाम तौलिहवाको जिल्ला प्रशासन कार्यालय अगाडि स्थानीय अनशनमा बसेका हुन् 

अनशन बस्नेहरुमा समाजसेवी रउफ अहमद खा, सुदीप पौडेल, अशोक कुमार गुप्ता, सन्तोष कसौधन र बृजेश भटरा छन् । प्रदेशको नाम ‘बुद्ध प्रदेश’ र राजधानी कपिलवस्तु हुनुपर्ने मागसहित अनशन बसेको रउफ अहमद खाले बताए ।

प्रदेश नं. ५ को परासीदेखि बर्दियासम्मको जनतालाई पायक पर्ने स्थान कपिलवस्तु नै भएको उनको भनाइ छ । कपिलवस्तुलाई राजधानी नबनाउँदासम्म रिले अनशन जारी रहने उनीहरुले बताएका छन् ।

उनीहरुले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव फिर्ता लिन माग गरेका छन् ।

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउनु पर्ने प्रस्ताव प्रदेश सभामा पेस भएको छ । सो प्रस्तावमाथि १९ असोजदेखि छलफल सुरु हुँदै छ ।