यी लक्षण देखिए थाइराइड जाँच गराउनुपर्छ

यी लक्षण देखिए थाइराइड जाँच गराउनुपर्छ

थाइराइड भनेको एउटा ग्रन्थी हो । यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यो ग्रन्थीले थाइरोक्सिन टी–३० र ट्राइआयोडो थाइरोनीन टी–४० हर्मोन उत्पादन गर्छ।

थाइराइडको खास काम भनेको शरीरको गति नियन्त्रण मेटाबोलिजम गर्ने हो । थाइराइड ग्रन्थीको काममा गडबडी भएमा यसले अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन गर्छ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म् भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म् भनिन्छ ।

मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ । कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ । यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ ।

लक्षणहरु :

-धेरै मोटाउने वा दुब्लाउने भएमा

-धेरै जाडो वा गर्मि महशुस भएमा

-मुटुको धड्कन छिटो छिटो भएमा

-घाटी सुन्निएमा

-कब्जियत हुने वा धेरै दिशा लाग्ने भएमा

-महिनावारी गडबड भएमा

-काम गर्न गाह्रो वा अल्छी लाग्ने भएमा

-कपाल धेरै झरेमा

-छाला सुख्खा हुने र नङ भाचिने भएमा

-आँखा हेर्न असजिलो भएमा

-शरीरको तापक्रम बढ्ने

-भोक बढी लाग्ने तर दुब्लाउने

-मन आत्तिने

-मानसिक तनाव बढी हुने