आज विश्व शिक्षक दिवसः 'संकटमा नेतृत्व, भविष्यको पूर्नकल्पना' नाराका साथ मनाईदै

आज विश्व शिक्षक दिवसः 'संकटमा नेतृत्व, भविष्यको पूर्नकल्पना' नाराका साथ मनाईदै

सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको हो ।

अबका दिनहरुमा बिधालय, कक्षाकोठाहरु अनि शिक्षकहरु स्वयं अनलाइन मार्फत घरघरमा आइरहनुपर्ने अवस्थाका साथसाथै समग्र शिक्षण अनि सिकाईका धरातलहरु नै रुपान्तरित भएको छ, विश्व शिक्षक दिवसमा यस फेरिएको संरचना अनि शैक्षिक प्रभावलाई दिलखोलेर सम्वोधन गर्ने चित्त परेको छ ।

एउटा महान शिक्षकको आफ्ना विद्यार्थीहरुको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यका रुपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो बसंसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन शुरु गरिएको हो ।