कोरोना भाइरस परिक्षण गर्न भारतमा नयाँ पेपर किटको आविष्कार

कोरोना भाइरस परिक्षण गर्न भारतमा नयाँ पेपर किटको आविष्कार

कोरोना भाइरसको जोखिम बढेसंगै भाइरसको संक्रमण पत्ता लगाउन भारतका वैज्ञानिकहरुले नयाँ पेपर किटका आविष्कार गरेका छन् । परिक्षण गर्ने किटको नाम ‘फेलुडा’ टेस्ट किट राखिएको छ ।

उक्त किट जीन एडिशन टेक्नोलोजीद्वारा निर्माण गरिएको हो । फेलुडा किटले परिक्षणको नतिजा एक घण्टा भित्र दिने जनाइएको छ । परिक्षण गर्ने किटको मूल्य करिब पाँच सय भारतीय रुपैयाँ तोकिएको छ । किटको निर्माण भारतीय चर्चित कम्पनी टाटाले निर्माण गरेको हो ।

कोरोना परिक्षण गर्न उक्त किट निकै सजिलो, भरपर्दो र प्रभावकारी मानिएको भारतीय सरकारको वैज्ञानिक सल्लाहकार के। विजय राघवनले जनाएका हुन् । किट तत्काल दूई हजार संक्रमित व्यक्तिमा परिक्षण समेत गरिएको थियो । परिक्षण गरिएको मध्ये ९६ प्रतिशतको नतिजा साकारात्मक देखिएको जनाइएको छ ।(