पाँच शिशुलाई जन्म दिएकी आमाको स्वास्थ्य सामान्य, एक शिशुको गर्भमै मृत्यु

पाँच शिशुलाई जन्म दिएकी आमाको स्वास्थ्य सामान्य, एक शिशुको गर्भमै मृत्यु

थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलालले ५ जना शिशुलाई जन्म दिएकी छन् ।

नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी हुन् ।

अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो । डा. सुवेदीको टोलीले शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत थिए । अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको डा.सुवेदीले  बताए । ४ जना शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सुवेदीले बताए ।

डा सुवेदीका अनुसार ८ महिनाको गर्भ भएकी ती महिलाको सोमबार बिहान ४५ मिनेटमा ५ वटा शिशु शल्यक्रियामार्फत जन्मिएका हुन् ।