बझाङकी २१ वर्षीया महिला बलात्कार : दोषीलाई कानुनी दायरामा ल्याउन मानवअधिकार आयोगको माग

बझाङकी २१ वर्षीया महिला बलात्कार : दोषीलाई कानुनी दायरामा ल्याउन मानवअधिकार आयोगको माग

धनगढी । बझाङकी एक महिलालाई बलात्कार तथा यातना दिने दोषीहरुलाई कानूनी दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ। राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिमले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै बझाङको बुंगल नगरपालिकाकी २१ वर्षीया महिलालाई ससुरा र उनको सहयोगमा अन्य व्यक्तिले पनि बलात्कार गरेको तथा यातना दिएको भन्दै पीडित महिलालाई न्याय दिन माग गरेको हो। 

ती महिलाको शारिरिक र मानसिक अवस्था पनि नाजुक रहेको भनिएकाले पीडितको हालको स्वास्थ्य अवस्था तथा घटनाको अनुसन्धानको बारेमा जानकारी गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई आयोगले पत्राचार गरेको छ। आयोगले पीडितको शारिरीक तथा मानसिक स्वास्थ्य अवस्थाको समेत परिक्षण गरि निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

पछिल्लो समय देशभरी र प्रदेशका जिल्लाहरुमा श्रङ्खलाबद्धरुपमा बलात्कार, हत्या तथा यौनहिंसाका घटनाहरु बढ्नुले महिलाहरुले स्वतन्त्र, भयरहित र मर्यादितरुपमा बाच्न पाउने तथा जिवन यापन गर्न पाउने संविधान प्रदत्त अधिकारको हनन् हुनुका साथै घटनामा कमी नआउनु चिन्ताजनक विषय भएको आयोगका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख भंmकर बहादुर रावलद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।