नेपाल इन्जिनियर्स एसोसिएसनले गर्यो महाकाली अस्पताललाई 'फुट अपरेटेड हेण्डवास' हस्तान्तरण

नेपाल इन्जिनियर्स एसोसिएसनले गर्यो महाकाली अस्पताललाई 'फुट अपरेटेड हेण्डवास' हस्तान्तरण

महेन्द्रनगर । सोमबार नेपाल इन्जिनियर्स एसोसिएसनले महाकाली अस्पताललाई फुट अपरेटेड हेण्डवास हस्तान्तरण गरेको छ । सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिले एक कार्यक्रमको आयोजना गर्दै महाकाली अस्पताललाई ‘फुट अपरेटेड हेण्डवास’ मेसिन हस्तान्तरण गरेको हो । नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिका अध्यक्ष इन्जिनियर लव प्रसाद जोशीको नेतृत्वमा उक्त मेसिन महाकाली अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट हरि कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

कोरोना (कोभिड–१९) रोकथामका लागि अस्पताललाई सहयोग पुगोस भन्ने उदेश्यले ‘फुट अपरेटेड हेण्डवास’ हस्तान्तरण गरिएको  संस्थाका कोषाध्यक्ष इन्जिनियर नविन राज जोशीले बताए । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साबुन पानीले हात सफा गरुन भन्ने उदेश्यका साथ उक्त मेसिन जडान गरिएको कोषाध्यक्ष जोशीले बताए ।
अस्पतालका मेसु श्रेष्ठले नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश कार्यकारिणी समितिलाई धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरेका छ्न  ।