छाङरु गोरेटो बाटो नेपाली सेनाद्धारा स्थानीय सरकारलाई हस्तान्तरण

छाङरु गोरेटो बाटो  नेपाली सेनाद्धारा स्थानीय सरकारलाई हस्तान्तरण

नेपाली सेनाले सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्ला सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने गोरेटो बाटो निर्माण सम्पन्न गरेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ।

बिगत ३ वर्षदेखि अवरुद्ध रहेकोले व्यास नगरपालिकाका वडा नं. १ का जनतालाई नेपाली भूमिमै एक ठाउ“बाट अर्को ठाउँमा जान पनि विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउनका लागी नेपाली सेनाको टोलीले ८ जेठबाट उक्त मार्ग निर्माण कार्य थालेको थियो।

२६ जेठबाट निर्माण कार्य शुरु गरेको नेपाली सेनाले उक्त गोरेटोरघोडेटो बाटो करिब चार महीनाभित्र सम्पन्न गरी १९ असोजमा स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ। नेपाल सरकार मन्त्रीपरिषदको १४ वेशाषको  निर्णय अनुसार नेपाली सेनालाई यो बाटो निर्माणको जिम्मेवारी दिइएको थियो।