मौसम पूर्वानुमान : मंगलबार देशका केही भागमा हल्का पानी पर्ने

मौसम पूर्वानुमान : मंगलबार देशका केही भागमा हल्का पानी पर्ने

मंगलबार देशका केही भागमा हल्का पानी पर्ने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले मंगलबार प्रदेश १ का थोरै तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का पानी पर्ने संभावना छ । 

मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको न्युन चापीय  प्रणाली कमजोर हुँदै गएकाले नजिकै पानी परेपनि अर्को ठाउँमा पानी नपर्ने सम्भावना हुन्छ । 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसम भने आंशिकदेखि सामान्य बदली हुने र बाँकी प्रदेशमा घाम लाग्दै बादल लाग्ने पूर्वानुमान गरिएको छ ।