लाग्छ आजकल के-के हराए जस्तै

लाग्छ आजकल के-के हराए जस्तै

लाग्छ आजकल के-के हराए जस्तै।
रात आफ्ना जस्तै दिन पराए जस्तै।

चाहनाले गरिने जति कर्महरू छन,
न गरे जस्तै लाग्छन् न गराए जस्तै।

मनमा चाहनाहरू चुचुरो चढे पछि, 
यो मन पनि लाग्छ सधैं डराए जस्तै।

झुट बोल्न नजानेको नि प्रष्ट देखियो,
ती ओठहरू देखिन्छन् लर्बराए जस्तै।

तिम्रो पक्षमा दृढतापूर्वक उभिन्छुँ भन्ने,
देखिन्छ किन खुट्टाहरू थर्थराए जस्तै।