जे गरे आज पार्टीको निर्णय अनुकुल गरे मैले

जे गरे आज पार्टीको निर्णय अनुकुल गरे मैले

जे गरे आज पार्टीको निर्णय अनुकुल गरे मैले।
कुर्सी तोडेकै हो स-गर्व आरोप कबुल गरे मैले।

यस्तै यस्तै योग्यता बटुलेर माननीय भएको हुँ,
आज प्रदर्शन गरे संसदमा त के भूल गरे मैले?

गर्नुपर्छ नि प्रतिपक्षी हुँ बिरोध गर्ने मेरो धर्म हो,
राजधानी सार्ने निर्णयको मूल्य असुल गरे मैले।

अर्को पटक टिकट पाउने आधार बनाउन थियो
अत: बँचेको नैतिकताको अन्त्य स-मुल गरे मैले।

यति नगरी कसरी नेता भएको विश्वास दिलाउनु,
जे गरे आज संसदमा लाग्छ पावर-फुल गरे मैले।