राष्ट्रिय गोजुरियो कराँते सङ्घको सहायक मुख्य प्रशिक्षकमा प्रकाश चन्द

राष्ट्रिय गोजुरियो कराँते सङ्घको सहायक मुख्य प्रशिक्षकमा प्रकाश चन्द

धनगढी । राष्ट्रिय गोजुरियो कराँते सङ्घले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रकाश चन्दलाई दिएको छ । सङ्घ महासचिव समेत रहेका चन्दलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । 
लामो समय सुदूर पश्चिममा कराँतेको विकासमा अहम भूमिका निभाउँदै आएका उनी प्रशिक्षण, व्यवस्थापन र रेफ्रिको कार्यमा उत्तिकै दक्ष मानिन्छन् । उनले निरन्तर आयोजना गर्दै  आएको अन्तर्राष्ट्रिय प्रतियोगिताले  सुदूर पश्चिमलाई नेपालमा र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सफल भएको छ ।

त्यस्तै, राष्ट्रिय गोजुरियो कराँते सङ्घले अध्यक्ष गणेश कार्की नेपालका लागि मरिससका अवैतानीक वाणिज्यदुत नियुक्त भएकोमा बधाई समेत ज्ञापन गरेको छ । सचिवालय बैठकले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएको हो ।