बैतडीमा राप्रपा र राप्रपा संयुक्त बीच एकीकरण, समितिको अध्यक्षमा भट्ट

बैतडीमा राप्रपा र राप्रपा संयुक्त बीच एकीकरण, समितिको अध्यक्षमा भट्ट

बैतडीमा राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण समितिको अध्यक्षमा इन्द्रदेवशरण भट्ट चयन भएका छन् । केन्द्रिय समितिको निर्देशन अनुसार जिल्लामा राप्रपाको एकीकरण कार्य सम्पन्न भएको समितिको अध्यक्षमा तत्कालिन राप्रपा संयुक्त जिल्ला अध्यक्ष भट्ट चयन भएका हुन् । सोमबार भएको एकीकरण भेलाले ६५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

अध्यक्ष बाहेक राप्रपा र राप्रपा संयुक्तका पदाधिकारीहरुलाई एकीकृत पार्टीमा पनि सोही जिम्मेवारीमा राखिएको अध्यक्ष भट्टले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष भट्टले पार्टीको विधान बमोजीम आफूले जिल्लामा कार्यकर्ताको मन जित्ने हिसाबले काम गर्ने र संगठन विस्तार अभियानमा लाग्ने बताए ।