‘संसारका हरेक १० मध्ये एक व्यक्ति कोरोनाको सम्पर्कमा, चरम स्वास्थ्य संकटसँग जुध्नु पर्नेछ’: डब्ल्युएचओ

‘संसारका हरेक १० मध्ये एक व्यक्ति कोरोनाको सम्पर्कमा, चरम स्वास्थ्य संकटसँग जुध्नु पर्नेछ’: डब्ल्युएचओ

काठमाडौं । विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित संगठनको शीर्ष नेताहरुको विशेष बैठकमा कोरोनाबारे यस्तो डरलाग्दो तथ्यांक अनुमान गरिएको हो । संसारका हरेक १० मध्ये १ जना भाइरसको सम्पर्कमा आएको हुनसक्ने डब्लुएचओको अनुमान छ ।

यो अनुमान सही प्रमाणित भएमा संसारका अधिकांश नागरिक चरम स्वास्थ्य संकटसँग जुध्नुपर्नेछ । हाल विश्वभर पुष्टि भएका कोरोना संक्रमितको संख्या ३५ मिलियन अर्थात ३ करोड ५० लाखको सेरोफेरोमा छ । 

नयाँ अनुमान अनुसार यो संख्या ८ सय मिलियन अर्थात ८० करोड हुनसक्छ । संक्रमण शुरु भएको १० महिना बितिसक्दा अन्त्यको कुनै लक्षण देखिएको छ । विश्वका कतियपय देशहरु अहिले कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ९४ हजार संक्रमित थपिए, चार हजारको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५२६ को ज्यान गएको छ । सोही अवधिमा २ लाख ९४ हजार ७६३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म विश्वमा ३ करोड ५१ लाख ९ हजार ३१७ जनामा कोरोना संक्रमण देखिसकेको छ । हालसम्म विश्वमा १० लाख ३५ हजार ३४१ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । -नयाँ पेज