नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनले आफूमा केही लक्षण देखिएको बताइन् ।‘हल्का ज्वरो, रुघा–खोकी र स्वाश फेर्न समस्या भएकाले डाक्टरसँग परामर्श गरिरहेकी छु,’ चौधरीले भनिन् ।