सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १००० नाघ्यो

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १००० नाघ्यो

 सोमबार थपिएका २९सँगै सुदूरपश्चिममा सक्रिय संक्रमितहरुको संख्या एक हजार ३५ पुगेको छ ।

सुदूरपश्चिमप्रदेश स्वास्थ्यनिर्देशनालयकाअनुसार कैलालीमामात्रै ५८२ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार कैलालीमा १७ जना नयाँ संक्रमित थपिएका हुन । कैलालीका कुल संक्रमित दुई हजार सात सय ३३ मध्ये दुई हजार १४२ जना निको भएर घर गएका छन् । हालसम्म कैलालीमा कोरोनाकै कारण नौजनाको ज्यान गएको छ ।

यस्तै डोटीमा १११ संक्रिय संक्रमित रहेका छन् । सोमबार दुई जना नयाँ संक्रमितसँगै यस जिल्लाको कुल संक्रमितहरुको संख्या एक हजार १०४ पुगेको छ । कुल संक्रमितहरुमध्ये हालसम्म ९८३ जना निको भएर घर गएका छन् । संक्रमितहरुको संख्या र संक्रिय संक्रमितहरुको संख्याका आधारमा डोटी सुदूरपश्चिममै दोश्रो जिल्ला हो ।

बझाङ्गमा १११ सक्रिय संक्रमितहरु रहेका छन् । कुल ५५० संक्रमित रहेको यस जिल्लामा हालसम्म ४३७ जना निको भएर घर गएका छन् । बझाङ्गमा दुईजनाको मृत्यु भइसकेको छ ।

यस्तै कञ्चनपुरमा सोमबार थपिएका चारजनासँगै सक्रिय संक्रमितहरुको संख्या ८७ पुगेका छ । कञ्चनपुरमा हालसम्म एकजनाको मृत्यु भएको छ । यस जिल्लामा पुष्टि भएका ८४९ संक्रमितहरुमध्ये ७६१ निको भएर घर गएका छन् ।

कैलाली र डोटीपछि सबैभन्दा बढी संक्रमित रहेको अछाम जिल्लामा ६० जना संक्रिय संक्रमित रहेका छन् । कुल एक हजार ८० संक्रमितमध्ये एक हजार १८ निको भएका छन् ।

सोमबार यस जिल्लामा एकजना नयाँ संक्रमित पत्ता लागेको छ । अछाममा कोरोना संक्रणकै कारण हालसम्म दुईजनाले ज्यान गुमाईसकेका छन् ।

बैतडीमा ३३ जना सक्रिय सक्रमित रहेका छन् । कुल ४२५ संक्रमितहरुमध्ये एकजनाको मृत्यु भएको छ भने ३९१ जना निको भएका छन् । सोमबार बैतडीमा पाँचजना नयाँ संक्रमित देखिएका थिए ।

दार्चुलामा २७ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा ९८ जना संक्रमितमध्ये ७१ जना निको भएर घर गएका छन् । यस्तै डडेल्धुरामा १२ जना सक्रिय संक्रमित रहेका छन् । कुल ३३८ संक्रमितहरुमध्ये एकजनाको मृत्यु भएको छ भने ३२५ जना निको भएका छन् ।

बाजुरा जिल्लामा भने संक्रिय संक्रमितमुक्त जिल्ला बनेको छ । यस जिल्लामा सोमबारसम्म कोही पनि नयाँ संक्रमित छैनन् । बाजुरामा हालसम्म ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुईजनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म सातहजार ६३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना सक्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ । यस प्रदेशमा हालसम्म ८७ हजार ७२ जनाको पीसीआर परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाउँछ ।