विवाह गर्दै काजल अग्रवाल

विवाह गर्दै काजल अग्रवाल

बलिउडकी अभिनेत्री काजल अग्रवालले विवाह गर्ने भएकी छिन्। 

मंगलबार अग्रवालले आफ्नो इन्स्टाग्राममार्फत व्यावसायी गौतम कित्च्लुसँग विवाह गर्ने घोषणा गरेकी हुन्। विवाह अक्टोबर ३० तारिखमा मुम्बईमा हुन लागेको हो। ‘यो कुरा बताउन पाउँदा म एकदम खुशी छु कि म गौतम कित्च्लुसँग मुम्बईमा परिवारबीच सानो निजी समारोहमा सन् २०२० अक्टोबर ३० गते विवाह गर्दैछु,’ अग्रवालले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्।

कोरोना भाइरसको महामारीले असर गरे पनि गौतमसँगै जीवन बिताउन उत्साहित भएको उनले बताएकी छिन्। अग्रवालले विवाह पछि पनि आफूले गरिरहेको काम नरोक्ने समेत बताएकी छिन्। 

उनले सिंगम, मुम्बई सागा, मागाधीरा, जिल्ला, पेरिस पेरिस, टेम्पर लगायतका सिनेमामा खेलेकी छिन्।