आज देशका केहि स्थानमा हल्का बर्षाको सम्भावना

आज देशका केहि स्थानमा हल्का बर्षाको सम्भावना

काठमाडौं: आज देशका एक–दुई ठाउँमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् ।

बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँको मौसम भने खुल्दै गएको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ । 

बिहीबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।