प्रेमी-प्रेमिकाले जान्नैपर्ने तथ्य

प्रेमी-प्रेमिकाले जान्नैपर्ने तथ्य

प्रेम प्रकट गर्ने सबैको अलग-अलग तरिका हुन्छ । केही मान्छेहरू किस (चुम्बन) को माध्यमबाट आफ्नो प्रेम प्रकट गर्ने गर्दछन् ।

प्रेमी-प्रेमिकाहरूले चाहे फ्लाइङ किस होस् या शरीरको विभिन्न अंगमा गरिने चुम्बन होस् सबै प्रकारका चुम्बनबाट माया साटासाट गरिरहेका हुन्छन् । तर धेरै नेपाली प्रेमी प्रेमिकाहरूलाई कहाँ चुम्बन गर्नुको अर्थ के हुन्छ भन्ने थाहा छैन ।

गालामा किस गर्नुको अर्थ

गालामा चुम्बन गर्नाले स्नेह झल्किन्छ । गालामा चुम्बन गर्नु सहयोग र पूर्णताको प्रतिक हो । यससँगै गालामा गरिएको चुम्बन आकर्षक पनि हुन्छ ।

ओठमा किस गर्नुको अर्थ

ओठमा गरिएको चुम्बनले प्रेमप्रति प्रेमी प्रेमिकाको विश्वास देखाउँछ । ओठमा किस गर्नुभनेको प्रेम देखाउने सबैभन्दा राम्रो तरिका हो ।

कुममा किस गर्नुको अर्थ

कुममा किस गर्नेहरूले प्रेमको अन्तरंग देखाउँछन् । शारीरिक आकर्षण देखाउने यो सबैभन्दा राम्रो तरिका हो ।

कानमा किस गर्नुको अर्थ

यौन सम्बन्धको इच्छा जनाउनेहरूले कानमा चुम्बन गर्छन् । कानमा चुम्बन गर्नाले कामोत्तेजना आउने वैज्ञानिक अध्ययनको निष्कर्ष पनि छ ।

हातमा किस गर्नुको अर्थ

हातमा चुम्बन गर्नु विश्वास देखाउनु हो । आफूलाई मन परेको कसैलाई पनि हातमा चुम्बन गर्न सकिन्छ । यसबाट प्रेममा विश्वास प्रकट हुन्छ ।

निधारमा किस गर्नुको अर्थ

निधारमा किस गर्नाले प्रेमी-प्रेमिकामाथि अगाध सम्बन्ध रहेको देखिन्छ । इमोसनल समयमा प्रेमी प्रेमिकाहरूले निधारमा किस गर्ने गर्छन् ।

फ्लाइङ किसको अर्थ

फ्लाइङ किस ज्यादातर रूपमा कसैबाट विदा लिन या टाढैबाट प्रेमीप्रेमिकालाई शुभकामना दिन प्रयोग गरिन्छ । यसले सम्बन्धलाई मजबुत बनाउन ठूलो भूमिका खेल्छ ।