ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना

ताप्लेजुङको ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना

ताप्लेजुङ- ताप्लेजुङको  फक्तालुङ्ग गाउँपालिका-७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुले बुधबार बीओपीको स्थापना गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ्ग मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध काम कारवाहीहरुमा परिचालित हुनेछ ।

सीमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बीओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।