बलिउड अभिनेत्री रेखाले आफ्नो सिउँदोमा सजाउने सिन्दुरको खुल्यो राज !

बलिउड अभिनेत्री रेखाले आफ्नो सिउँदोमा सजाउने सिन्दुरको खुल्यो राज !

 वर्षौदेखि बलिउड अभिनेत्री रेखाले आफ्नो सिउँदोमा खुलेआम सजाउँदै आईरहेकी सिन्दुर पुरै दुनियाँकोलागी एउटा राजको विषय बन्दै आईरहेको थियो । तर त्यो राज अब राज रहेन । रेखाले आफ्नो सिउँदोमा सजाउने सिन्दुरको राज अहिले आएर खुलेको छ । सायद यो उनको र उनका फ्यानहरुकोलागी पनि उचित समय भएर होला उनले आफैले यो राजबाट पर्दा हटाएकी छन् ।

रेखाले आफ्नो सिउँदोमा सजाउने सिन्दुर कस्को होला भनेर आँकलन गर्न त धेरै गाह्रो नभएको विषय हो । त्यै पनि मुख फोडेर भन्न धेरैले हिम्मत गर्न नसकेको विषय पनि हो । जेहोस् उनले आफ्नो सिउँदोमा निकै नै मायाले साजउने सिन्दुरको मोल भने यो संसारमा भएका सबै महंगा वस्तुहरुको मूल्यभन्दा कम चै भएन । जहिले पनि रेखा कुनै अवार्ड कार्यक्रमहरुमा जाँदाहोस या कुनै पार्टीमा जाँदा नै किननहोस् उनले आफुलाई एउटी विवाहीत नारी जस्तै बनाएर प्रस्तुत गराएकी छन् ।

कुनै पनि कार्यक्रमहरुमा जब उनको उपस्थिति हुन्छ तब सबैलाई लाग्दछ कि उनी संसारकै सबै भन्दा भाग्यशाली र मायालु श्रीमती हुन् । जस्लाई उनका श्रीमानले निकै नै मायाले राखेका छन् । रेखा त्यसरी सजिएर जान्छिन् मानौं कि उनको श्रीमानले उनलाई अथाहा मायामोह र आलिशान तरिकाले राखेका छन् । जब कि यो साँचो हैन । रेखाको दुईघरबार बिग्रिएपछि उनी एक्लै बस्दै आईरहेकी छन् ।

एक्लो हुँदाहँदै पनि रेखाले आफ्नो सिउँदोमा कस्को सिन्दुर लगाउँछिन् त ? यो प्रश्नको जवाफ सबैले जान्न चाहिरहेको बेला यतिबेला उनको सिउँदोको सिन्दुरको रा’ज बाहीरिएको छ । सबैलाई थाहा भएकै कुरा हो रेखा र अमिताभ बच्चनको अधुरो प्रेम कहानीको बारेमा । यी दुई एकअर्कादेखि अलग त छन् तर पनि माया भने सधैं एकअर्कालाई नै गरिरहे । यी दुईको प्रेम कहानी आकाशमा चम्किरहने तारा जस्तै तेजीलो छ । यी दुवैले आफ्नो प्रेमलाई अमर राख्नकोलागी आ–आफ्नो तर्फबाट भूमिका सकारात्मक निभाई रहे ।

त्यसैले त आज पनि अमिताभले आफ्नो मनमा रेखालाई नै राखेका छन् भने रेखाले पनि अमिताभको प्रेमलाई आफ्नो सिउँदोमा सजाएकी छन् । अमिताभले जयालाई विवाह गरि सकेपछि रेखासंगको प्रेममा परेर रेखालाई विबाह गरेको भन्ने खबर बाहीरिएसंगै रेखाले आफ्नो सिउँदोमा सिन्दुर सजाउन थालेकी हुन् ।
एक अन्तरवार्तामा रेखाले आफ्नो सिन्दुरको राजलाई खोलेकी छन् ।

उनले सिन्दुरको विषयमा प्रश्नकर्ताले तपाईँ कसको नामको सिन्दुर लगाई रहनु हुन्छ भन्ने प्रश्नको जवाफमा रेखाले मुस्कुराउँदै भनेकी छन्,‘यो त जो कसैले पनि सजिलै अनुमान लगाउन सक्छ । यो पनि कुनै सोधिन प्रश्न हो र ?’ रेखाको यही जवाफलाई बलिउडका महानायक अमिताभ बच्चनसंग जोडिएको छ । किनकी अमिताभपछि रेखाको जीवनमा अरु कुनै व्यक्तिले प्रवेश पाएन । रेखाको भनाईमा धेरैले प्रतिकृया दिएका छन् ।

रेखाका फ्यानहरुले रेखालाई महान नारीको रुपमा परिभाषित गरेका छन् । उनीहरुले रेखालाई साँचो माया गर्ने एउटा पवित्र हृदयको मान्छेको रुपमा हेरेका छन् । माया होस् त यस्तो होस् भनेर रेखालाई प्रेमको मिसालको रुपमा उभ्याएका छन् । कतिले भनेका छन् साँचो माया गर्नेहरु कहिल्यै पनि एक हुन सक्दैनन् रेखा र अमिताभ पनि तिनै मध्यका एक मायालु जोडि हुन् ।