९० प्रतिशत जनसंख्या शुद्ध खानेपानीबाट बञ्चित

९० प्रतिशत जनसंख्या शुद्ध खानेपानीबाट बञ्चित

धनगढी : मानव स्वास्थयमा समस्या देखिनुमा पानी पनि प्रमुख कारण हो । कैलाली जिल्लाको झण्डै ९० प्रतिशत जनसंख्या शुद्ध खानेपानीको पहुँच बाट टाढा रहेका छन् । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीको तथ्याङकले जिल्लाको ८८ प्रतिशत जनसंख्या शुद्ध  खानेपानीको पहुच बाहिर रहेको देखाएको छ ।

९७ प्रतिशत जनसंख्याले आधारभुत स्तरको खानेपानी प्रयोग गरेपनि १० प्रतिशतले मात्र गुणस्तरीय किसिमको शुद्ध खानेपानीको उपभोग गरिरहेको खानेपानि तथा सरसफाई डिभिजन कार्यालय धनगढीका ईन्जिनियर गणेश उपाध्यायले बताए । 

कैलाली जिल्लामा सदरमुकाम रहेको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण बासिन्दाले पनि शुद्ध खानेपानी प्रयोग गर्दैनन् । खानेपानी संस्थानले धनगढी उपमहानगरपालिकाको पुरानो बजार क्षेत्रमा र शिबनगर खापानी आयोजनाले वडा नम्बर १ र ७ का केही क्षेत्रमा खानेपानीको आुपर्ति गरिरहेका छन् ।

त्योभन्दा बाहिरको जनसंंख्याले ह्याण्ड पम्म, कुवा लगायतको पानी प्रयोग गर्छ । कतिपयले गहिरो गरी ह्याण्ड पम्प गाडेर पानी प्रयोग गरे पनि त्यसलाई परीक्षण नगरी शुद्ध भन्न नसकिने उपाध्यायले बताए । 

यस्तै सदरमुकाम बाहिर शुद्ध खानेपानी आयोजना अन्र्तगत टीकापुर, मुनुवा, अत्तरिया, सुखड र लम्कीमा  निर्माण भएका ट्याङकीले मात्र मध्यम तथा  उच्च स्तरको पानी उपभोक्तालाई वितरण गर्दै आएको छ ।

यी क्षेत्रमा समेत जनसंख्याको ठूलो हिस्सा शुद्ध खानेपानीबाट बञ्चित छ । जिल्लाको पहाडी भू–भागमा पनि शुद्ध खानेपानीको आपुर्ति हुन सकेको छैन् ।इिन्जनियर उपाध्यायले बनिरहेका केही आयोजनाले अबका केही बर्षमा सबै जनसंख्यालाई शुद्ध खानेपानी पु¥याउन सकिने बताए ।