डिपिएल : सहभागि हुन चाहने खेलाडीका लागि फारम खुल्ला

डिपिएल : सहभागि हुन चाहने खेलाडीका लागि फारम खुल्ला

धनगढी : माघ १९ गते देखि धनगढीमा सञ्चालन हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीका लागि फारम खुल्ला गरिएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आज एक बिज्ञप्ति जारी गर्दै खेलाडीहरुलाई आफ्नो नाम दर्ता गर्न फाराम खुल्ला गरिएको जनाएको छ । सबै खेलाडीहरुलाई एकै बर्गका राखेर फारम खुल्ला गरिएको बिज्ञप्तिमा उललेख छ ।

एकेडेमीका अध्यक्ष सुवास शाहीले हस्तारक्षर गरेको बिज्ञप्तिमा खेलाडीले आफ्नो न्युनतम पारिश्रमिक आफै तोक्न पाउने उल्लेख छ । हरेक खेलाडीले आफ्नो न्युतम मुल्य ३० हजार देखि २ लाख ५० हजार सम्म तोक्न सक्ने बिज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीले भाेली पुस ४ गते देखि १० गते सम्म आफ्नो नाम दर्ता गराइसक्नुपर्ने छ ।

नाम दर्ता गर्नका लागि डिपिएलको वेभसाइट www.dplofficial.com बाट डाउनलोड गरी भर्न सकिने छ भने टयालेन्ट हन्टमा सहभागी हुन चाहनेले एकेडेमीके कार्यालयमा गएर फारम भर्न सक्ने छन् ।

फारम शुल्क एक हजार रुपैया राखिएको बिज्ञप्तिमा जनाइएको छ । ६ टीमको सहभागीता रहने प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान भोड्का रहेको छ ।