मिस युनिभर्सका लागि एपबाट फाराम भर्न सकिने

मिस युनिभर्सका लागि एपबाट फाराम भर्न सकिने

 मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठद्वारा स्थापित मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइज ब्रेभ, बोल्ड, एन्ड ब्युटिफुल प्रालिले आज साँझ ६ बजे एपी वन च्यानलमा प्रत्यक्ष प्रसारण हुने नँया कार्यक्रम  “द नग्म्याटिक शो’’ मार्फत मिस युनिभर्स एप्लिकेसन र सहभागिताका लागि आवेदन सार्वजनिक गर्दै छ । 

३० मिनेटको कार्यक्रममा विभिन्न अतिथिहरुको उपस्थितिका साथै मिस युनिभर्स नेपाल २०२०का प्रतिनिधि शारीरिक सकारात्मकता ९बडी पोजिटिभिटी अभियन्ता तथा मिस युनिभर्स क्यानेडा २०१६ सिएरा बेअर्चल, निर्माता, मोडल तथा ट्रान्स अभियन्ता जिना रोसेरोलगायतको भर्चुअल सहभागिता रहनेछ ।

‘द नग्म्याटिक शो’को प्रथम श्रृंखलामा कार्यक्रम सञ्‍चालिका नग्मा श्रेष्ठले मिस युनिभर्स नेपाल २०२०को ताज विजेताले प्राप्त गर्ने पुरस्कारलगायत कार्यक्रमको विशेषताबारे जानकारी गराउने जनाइएको छ ।