धरानमा कोरोना भाइरसबाट संक्रमित युवाको मृत्यु

धरानमा कोरोना भाइरसबाट संक्रमित युवाको मृत्यु

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका १० का ३९ वर्षीय पुरुषको बिहीबार बिहान करिब साढे चारबजे मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा अशोज १३ गते भर्ना भएका बिरामीमा क्षयरोगसँगै कलेजो र मृगौलामा समेत समस्या रहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए। उनमा अशोज १२ गते कोरोना भाइरस पोजिटिभ पुष्टि भएको थियो।

प्रतिष्ठानमा अहिलेसम्म ४२ जनाको कोभिडका बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।