कैलालीमा आफ्नै बुवाले गरे छोरीलाई बलात्कार

कैलालीमा आफ्नै बुवाले गरे छोरीलाई बलात्कार

धनगढी । कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ ।

शनिबार राति ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

पीडित पक्षले १९ गते जाहेरी दिएको र त्यसै दिन मुद्दा दर्ता गरिएको प्रवक्ता बिष्टले जानकारी दिए । शनिबार राति बलात्कार गरेको आरोप लागेका बुवा आइतबार फरार रहेको उनले बताए । उनको खोजी भइरहेको बिष्टले बताए ।