‘प्रस्तावित गेटा मेडिकल कलेजको नाम सहिद दशरथ चन्दको नाम बाट राखौँ’–स्ववियू सभापति भट्ट

‘प्रस्तावित गेटा मेडिकल कलेजको नाम सहिद दशरथ चन्दको नाम बाट राखौँ’–स्ववियू सभापति भट्ट

धनगढी । कैलाली बुहमुखी क्याम्पसका स्ववियू सभापति चुडामणी भट्टले गेटा मेडिकल कलेजको नाम दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान वा दशरथ चन्द मेडिकल बिश्वबिद्यालय राख्न माग गरेका छन । सुदूरपश्चिमको गौरवको योजनाका रुपमा रहेको प्रस्तावित गेटा मेडिकल कलेजको नाम दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान वा दशरथ चन्द मेडिकल बिश्वबिद्यालय राख्न माग गरेका हुन ।

उनले मेडिकल कलेजको भौतिक पुर्वाधारको निर्माण कार्य अन्तिम चरणमा पुग्ने कुरा हामी सबै को लागी खुशीको कुरा भएको बताए । ‘भौतिक पुर्वाधार को निर्माण सम्पन्न हुन लाग्दा पनि यसको संचालन गर्न आवश्यक तयारी अगाडि बढ्न नसक्नु दुःखद कुरा हो,’उनले भने,‘तत्काल यसको संचालन का लागी आवश्यक नितिगत निर्णय गरि प्रक्रिया अगाडी बढाउन संघीय सरकार लाई अनुरोध गर्दछु ।’

साथै यसलाई  दशरथ चन्द स्वास्थ्य बिज्ञान प्रतिष्ठान वा दशरथ चन्द मेडिकल बिश्वबिद्धालय को रुपमा संचालन गर्ने गरि प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने स्ववियू सभापति भट्टले बताए । उनले नेपालका चार सहिदमध्ये तीन सहिदको नामबाट अस्पताल खुलेको बताउँदै अब सहिद दशरथ चन्द को नामबाट प्रस्तावित गेटा मेडिकल कलेज संचालन गरेर सहिद लाई सम्झिदा उपयुक्त हुने बताए ।

तीन वटा सहिदहरुको नामबाट शुक्रराज ट्रपिकल, गङलाल हृदय रोग केन्द्र, धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र संचालनमा रहेका छन ।